एमाले मधेश अधिवेशन : महासेठलाई उछिनेर यादव हावी हुँदै
shilapatra.com · Wed Oct 04 01:04:48 GMT 2023
नेकपा एमाले मधेश प्रदेशको अधिवेशन आउँदो २४ र २५ गते हुँदै छ । पहिलो प्रदेश अधिवेशन भएकाले त्यसलाई भव्य बनाउने तयारी भइरहेको मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले जानकारी दिए । जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृति केन्द्रमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने इन्चार्ज भट्टराईले केही दिनअघि पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए ।
अधिवेशनका लागि प्रतिनिधि छनोटको कार्य अन्तिम चरणमा छ । सप्तरीबाहेक सबै जिल्लामा प्रतिनिधि छनोट भइसकेको नेकपा एमालेका मधेश प्रदेश उपाध्यक्ष रेवती पन्तले जानकारी दिए । तीन सय पार्टी सदस्यमा तीन जना प्रतिनिधि छनोट गर्नुपर्ने प्रावधान छ । तीन जना प्रतिनिधिमध्ये एक युवा, एक महिला र एक खुल्लाबाट छनोट गर्ने प्रावधान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)