आगलागी बढ्दै, छैन दमकल
ekantipur.com · Mon May 06 00:13:37 UTC 2024

रौतहट — रौतहटको देवाहीगोनाही नगरपालिका–१ करुनियामा यही वैशाख ११ मा आगलागी हुँदा ७ घर नष्ट भए । समयमै दमकल नआउँदा स्थानीयको लाखौंको क्षति भयो । गौर नगरपालिकाको वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा साँझ मात्र आगो नियन्त्रणमा लिइएको थियो ।
डिभिजन वन कार्यालयअन्तर्गतको गैंडाटार सबडिभिजनको घाटगद्दीमा गत चैत १९ मा आगलागी हुँदा सबै काठ नष्ट भए । आगो निभाउन जिल्लाभित्रका गौर र चन्द्रपुर नगरपालिकाका अलावा सर्लाहीको हरिवन, बाराको निजगढबाट दमकल बोलाउनुपरेको वन कर्मचारीले बताए । पछिल्लो समय तराई मधेशका विभिन्न जिल्लामा आगलागीका घटना बढेका छन् । आगलागीमा बस्ती सखाप भएका छन् । रौतहट पनि आगलागीको जोखिममा छ, तर पालिकाहरू दमकलको व्यवस्था गर्न उदासीन देखिएका छन् । जिल्ला प्रशासन कार्यालयले बेलाबेलामा पालिका प्रमुखहरूलाई बोलाएर दमकल किन्न निर्णय गराए पनि कार्यान्वयन हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)