गठबन्धनका उम्मेदवारका लागि मत माग्न तनहुँ जाँदै प्रधानमन्त्री प्रचण्ड
nepallive.com · Wed Apr 19 00:48:00 GMT 2023
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (बुधबार) तनहुँ जाने भएका छन्। वैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न प्रधानमन्त्री तनहुँ जान लागेका हुन्।
प्रधानमन्त्री प्रचण्ड गोरखा हुँदै तनहुँ पुग्नेछन्। गोरखा प्रचण्डको चुनावी क्षेत्र हो। गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)