नेपाल उद्योग वाणिज्य महासङ्घको महानिर्देशकमा तिवारी
ratopati.com · Wed Sep 16 14:13:08 GMT 2026

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घले डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशकमा नियुक्त गरेको छ। महासङ्घ अध्यक्ष अञ्जन श्रेष्ठले सचिवालयमा बुधबार तिवारीलाई १ असोज २०८३ देखि लागू हुने गरी नियुक्तिपत्र दिएका हुन्।
तिवारीलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले तिवारीको बहुपक्षीय विश्वसनीयता, प्राज्ञिक दक्षता र निजी क्षेत्रको वकालत सम्बन्धी व्यावहारिक अनुभव महासङ्घसँग जोडिएको बताए। अध्यक्ष श्रेष्ठले भने, ‘नेपालको आर्थिक संरचनामा तिवारीको गहिरो पकड, बृहत् अन्तर्राष्ट्रिय अनुभव र सरोकारवालाको विश्वासले महासङ्घको संस्थागत छवि थप उचाइमा पुर्याउने छ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)