मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालयमा चार दिन बिदा

shilapatra.com · Wed Jun 24 14:58:53 GMT 2026

अत्यधिक गर्मी भएपछि वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा घोषणा गरेको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बुधबार सूचना जारी गरी बिहीबारदेखि लागू हुने गरी विद्यालयहरूमा बिदा दिइएको जानकारी दिएको छ ।

उक्त बिदा वार्षिक बिदाबाट कट्टा हुने जनाइएको छ । महाशाखाका अनुसार चर्को गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै केही दिनका लागि पठनपाठन स्थगित गर्ने निर्णय गरिएको हो ।

सूचनामा विद्यालयहरू आगामी असार १५ गते सोमबारदेखि नियमित रूपमा सञ्चालन हुने उल्लेख गरिएको छ । केही दिनयता तराई–मधेशका जिल्लाहरूमा तापक्रम निरन्तर बढ्दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ ।

यसै अवस्थालाई ध्यानमा राख्दै वीरगञ्ज महानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर गर्मी बिदा दिने निर्णय गरेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३

२०:४३

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)