भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा रु ३३ लाख ५० हजार सहयोग
ictsamachar.com

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारीले सामूहिक रूपमा रु ३३ लाख ५० हजार सहयोग गरेका छन् ।
कर्मचारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । रकम जम्मा गरेको रसिद आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)