विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न महासंघको आग्रह
nepalnews.com · Thu Jul 16 01:06:42 GMT 2026

काठमाडौं। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा बिदा दिने निर्णयमा पुनःविचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।
महासङ्घले बुधबार पत्रकार सम्मेलन गरेर वार्षिक पाठ्यभार पूरा हुन कठिन हुने र विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रतिकूल असर पर्न सक्ने भएकाले आइतबार पनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो। सरकारले इन्धनको आपूर्ति सहज तुल्याउन आइतबार सरकारी कार्यालय र विद्यालयमा समेत बिदा दिने निर्णय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)