ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालतको आदेश
canadanepal.com · Wed Jun 24 15:23:17 GMT 2026

काठमाडौँ- उच्च अदालत पाटनले जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई १३ करोड रुपैयाँभन्दा बढी ऋण रकम दुरुपयोग गरेको र बैंकिङ कसुर गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
बुधबार उच्च अदालत पाटनको न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र कविप्रसाद न्यौपानेको इजलासले पाण्डेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न आदेश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)