मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एफए कप : क्वार्टरफाइनलमा लिभरपुलको भेट युनाइटेडसँग

ekantipur.com · Thu Feb 29 00:48:17 GMT 2024

काठमाडौँ — लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कपको क्वार्टरफाइनलमा भिड्ने भएका छन् । बुधबार भएका पाँचौं चरणको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–० ले हरायो । त्यसमा किशोर खेलाडी जेडेन डान्सले दुई गोल गरे ।

यस्तै लेविस कोमासले एक गोल थपे । युनाइटेडले भने नटिङ्घम फरेस्टलाई १–० ले पराजित गरेको थियो । उसका लागि कासेमिरोले खेलको अन्त्यतिर निर्णायक गोल गरे । अब अर्को महिना इंग्लिस फुटबलका दुई प्रमुख प्रतिद्वन्द्वीबीच ओल्ड ट्रायफोर्डमा खेल हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)