मिलन विश्वकर्माको ‘लैजाऊ कि कतै मलाई’ सार्वजनिक
ratopati.com · Thu Nov 13 18:35:00 GMT 2025

काठमाडौँ । नेपाल आइडल प्रतियोगी मिलन विश्वकर्माको गीत ‘ लैजाऊ कि कतै मलाई ’ सार्वजनिक भएको छ । सरित राईको सङ्गीत एवं एरेन्ज रहेको लोक फ्युजन शैलीको गीतमा मिलनलाई सलिना बीके र आशिष महरले स्वरमा साथ दिएका छन्। तीन जनाको सामूहिक स्वरमा सजिएको गीतले प्रेम, चाहना र पुरानो दिनको सम्झनालाई विषय बनाएको छ । गीतलाई शैलेश गिरीले रचना गरेका हुन् ।
गीत नेपाल आइडल सिजन ६ का प्रतिभा र म्युजिक नेपालबिचको सहकार्यमा सिर्जना गरिने १२ गीतमध्येको एउटा गीत हो । म्युजिक नेपालले आइडलको सिजन ६ का प्रतिभालाई अवसर दिने सम्झौताअनुरूप यो गीतको सृजना गरिएको हो । यो गीतमा स्वर दिने मिलन विश्वकर्मा नेपाल आइडल सिजन ६ का प्रतिस्पर्धी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)