मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी

ratopati.com · Wed Jun 24 15:43:30 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘स्टेट अफ हर्मुज’ हुँदै आवतजावत गर्ने जहाजहरूमाथि कुनै पनि प्रकारको शुल्क, बीमा लागत वा अतिरिक्त कर नलगाउने जानकारी दिएको बताएका छन् ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा बुधबार लेख्दै ट्रम्पले इरानबाट प्राप्त जानकारीअनुसार ‘स्टेट अफ हर्मुज’ प्रयोग गर्ने जहाजहरूबाट कुनै शुल्क असुल नगरिने उल्लेख गरेका छन् ।

उनले केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै ती विवरणहरू वास्तविकताभन्दा फरक रहेको दाबी गरेका छन् । ट्रम्पले इरानले दिएको जानकारी गलत सावित भएमा अमेरिका र इरानबिच जारी वार्ता तत्काल अन्त्य हुने चेतावनी दिएका छन् । “यदि यो जानकारी गलत भयो भने वार्ता तुरुन्तै समाप्त हुनेछ”, ट्रम्पले लेखेका छन् ।

अमेरिका र इरानबिच क्षेत्रीय सुरक्षा तथा आपसी सम्बन्ध सुधारका विषयमा विभिन्न चरणमा संवाद जारी रहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय