रास्वपा महाधिवेशनमा ढिलाइ, अझै शुरू भएन मतदान
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बुधबार बेलुका ८:३० बजेदेखि शुरू गर्ने भनिएको मतदान प्रक्रिया अझै शुरू हुन सकेको छैन ।
रास्वपाको निर्वाचन आयोगका अनुसार भोटिङ मेसिनमा उम्मेदवारहरूको तस्वीर तथा अन्य विवरण प्रविष्ट गर्न अपेक्षाभन्दा बढी समय लागेकाले मतदानमा ढिलाइ भएको हो ।
महाधिवेशनस्थलमा प्रतिनिधिहरूको परिचयपत्र (कार्ड) बनाउने कामसमेत अझै जारी रहेको जनाइएको छ । मतदान शुरू हुन नसकेपछि प्रतिनिधिहरू हाल खानपिन तथा अनौपचारिक छलफलमा व्यस्त रहेका छन् ।
रास्वपाले विद्युतीय मतदान प्रणालीमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरेकाले प्राविधिक तयारी पूरा भएपछि मात्रै मतदान प्रक्रिया शुरू हुने निर्वाचन समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)