मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेयमारको सम्भावित पुनरागमन, स्कटल्याण्डको‌ इतिहास रच्ने लक्ष्य

kalakarmi.com · Wed Jun 24 15:49:38 GMT 2026

काठमाडौं- ब्राजिलका स्टार खेलाडी नेयमार लामो चोटपछि राष्ट्रिय टोलीमा पुनरागमनको तयारीमा छन् । ३४ वर्षीय आक्रमणकारी मिडफिल्डर समूह चरणको अन्तिम खेलका लागि उपलब्ध भए पनि प्रशिक्षक कार्लो एन्सेलोटीले उनी खेल्ने वा नखेल्नेबारे स्पष्ट पारेका छैनन् ।

नेयमारले सन् २०२३ मा उरुग्वेविरुद्धको विश्वकप छनोट खेलमा घुँडाको गम्भीर चोट बेहोरेपछि ब्राजिलका लागि खेलेका छैनन् ।

मोरक्को र हाइटीविरुद्धका खेल गुमाएका उनले गत साता पूर्ण प्रशिक्षण गरेका थिए ।

‘नेयमार उपलब्ध छन् । उनले यो साता राम्रो प्रशिक्षण गरेका छन् र खेल्न सक्ने अवस्थामा छन्। उनको गुणस्तरले टोलीलाई ठूलो मद्दत पुग्नेछ,’ एन्सेलोटीले पत्रकार सम्मेलनमा भनेका छन् ।

इतिहास रच्ने लक्ष्यमा स्कटल्याण्ड

यता, स्कटल्याण्डले अहिलेसम्म कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताको समूह चरण पार गर्न सकेको छैन । कप्तान एन्ड्रयू रोबर्टसनले समर्थकहरूलाई सम्झनलायक क्षण दिन चाहेको बताएका छन् ।

‘हामी समर्थकहरूलाई खुशी हुने कारण दिन चाहन्छौं । यदि हामीले यो खेल जित्यौं भने, त्यो स्कटिस फुटबलका लागि ऐतिहासिक उपलब्धि हुनेछ,’ रोबर्टसनले भने ।

‘टार्टन आर्मी’ नामले परिचित स्कटल्याण्डका समर्थकहरूले प्रतियोगिता भर उत्साहपूर्ण समर्थन दिएका छन् र मियामीमा पनि ठूलो उपस्थिति रहने अपेक्षा गरिएको छ ।

ब्राजिल र स्कटल्याण्डबीचको रोमाञ्चक खेल बिहीवार बिहान ३:४५ बजे देखि खेलिँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)