काङ्ग्रेस र एमाले ५०% - ५०% बाँडफाँड गरेका थिए, त्यो बेला नै प्रस्ट थियो कि घोटाला गर्दैछन्
barnanmedia.com · Wed Jun 24 15:46:21 GMT 2026

पासपोर्ट छपाइ गर्न करोडौंको ठेक्का दिँदा काङ्ग्रेस र एमाले ५०% - ५०% बाँडफाँड गरेका थिए, त्यो बेला नै प्रस्ट थियो कि घोटाला गर्दैछन् भनेर हैन भने सरकारी कागजात छपाउन पनि भागबण्डा गर्नुपर्ने कुनै तुक थिएन ।
जसरी सेटिङ मिलाउन अदालत र अख्तियारमा भागबण्डा गरिन्थ्यो ठ्याक्कै उस्तै भागबण्डा गरेर छपाइ गरिएको थियो ।
जती घोटाला गरे पनि अख्तियार लाग्दैन भन्ने पनि प्रष्ट थियो किनकि अख्तियारका प्रेम राई ओली निकट व्यक्ति मानिन्छन् ।
नभन्दै पासपोर्ट प्रकरण मा ठूलो भ्रस्टचार हुन्छ र उजुरी पनि पर्छ तर प्रेम राईले छानबिन गरे जस्तो गरेर यत्तिकै तामेलीमा राखिदिन्छन् । किनकि त्यो छानबिन मा साना माछा मात्र पर्नेवाला थिएनन ।
यो सबै बुझेका बालेन ले अख्तियारको टिम नै बोलाएर केरकार गर्न थाल्छन्, अटेर गरेर बसेको अख्तियार प्रति कडा रियाक्सन जनाए पछि अख्तियार एक्सनमा उत्रिन्छ तर प्रधानमन्त्री कार्यालयमा आफूहरु लाई अपमान गरेको प्रतिक्रिया जनाउँछ । जे भने नि छानबिन लाई तुरुन्तै रफ्तार मा लैजान्छ ।
यो करोडौँ रकम खाएका लाई कारवाही गर्न खोज्दा पुराना मीडिया उल्टै सरकार ले गलत गर्यो भन्दैछन् ।
सँगै अत्तालिएका एमाले - काङ्ग्रेस का नेताहरु सदनमा विरोध गर्न थाल्छन् भने तिनका झोले मिडियाले गलत तर्क दिँदै उल्टै सरकार लाई दोष देखाउन थालेका छन्
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)