मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशका अर्थमन्त्री भट्टराईको सरकारी गाडीमा तोडफोड

nepalpress.com · Wed Jun 24 15:46:17 GMT 2026

जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने सरकारी गाडीमा तोडफोड गरिएको छ।

बुधबार बिहान मधेश भवनस्थित मन्त्रालय अगाडि पार्किङ गरी राखिएको ज १ झ ४४१ नम्बरको सरकारी गाडीमा अज्ञात व्यक्तिले तोडफोड गरेको हो। गाडीमा राखिएको मन्त्रीको झण्डा भाँचेर फालिएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता मनोज यादवका अनुसार बिहान करिब ११ बजेतिर उक्त घटना भएको हो। घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रहरीले तोडफोडमा संलग्न व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ। घटनाको कारण भने खुल्न सकेको छैन। मन्त्री भट्टराई स्वयं गाडीमा नभएको बेला घटना भएको बताइएको छ।

घटनापछि मन्त्रालय परिसरको सुरक्षा व्यवस्थाबारे समेत प्रश्न उठ्न थालेको छ। प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेज अध्ययन गरी संलग्न व्यक्तिको खोजी गरिरहेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय