कान्तिमा बालक मृत्यु प्रकरण : अस्पतालले बनायो छानबिन समिति
thahakhabar.com
काठमाडौँ : कान्ति बाल अस्पतलाले यही भदौ १८ गते सोमबार अस्पतालको आकस्मिक कक्षमा भएको घटनाका सन्दर्भमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ।
अस्पतालले डा प्रकाश जोशीको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो। समितिलाई पाँच दिनभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको छ। समितिको सदस्यमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डम्बरु दाहाल रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)