२४ बांग्लादेशी पक्राउ
nepalnews.com · Wed Jun 24 15:57:42 GMT 2026

काठमाडौँ। प्रहरीले गैरकानुनी रूपमा नेपालमा बसेको आरोपमा २४ बांग्लादेशीलाई पक्राउ गरेको छ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका १५ डल्लु र सीतापाइला क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका बांग्लादेशीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रवेश गरेका स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिई गैरकानुनी रुपमा नेपाल बस्दै आएका उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले उनीहरूलाई डल्लु, सीतापाइलालगायत क्षेत्रमा कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भट्टराईले बताए। पक्राउ परेका उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि आज अध्यागमन विभाग कालिकास्थान पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)