मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘स्ट्रेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी

himalpress.com · Wed Jun 24 15:56:54 GMT 2026

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘स्टेट अफ हर्मुज’ हुँदै आवतजावत गर्ने जहाजहरूमाथि कुनै पनि प्रकारको शुल्क, बिमा लागत वा अतिरिक्त कर नलगाउने जानकारी दिएको बताएका छन्।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा बुधबार लेख्दै ट्रम्पले इरानबाट प्राप्त जानकारीअनुसार ‘स्टेट अफ हर्मुज’ प्रयोग गर्ने जहाजहरूबाट कुनै शुल्क असुल नगरिने उल्लेख गरेका हुन्।

उनले केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै ती विवरणहरू वास्तविकताभन्दा फरक रहेको दाबी गरेका छन्।

ट्रम्पले इरानले दिएको जानकारी गलत सावित भएमा अमेरिका र इरानबीच जारी वार्ता तत्काल अन्त्य हुने चेतावनी दिएका छन्।

‘यदि यो जानकारी गलत भयो भने वार्ता तुरुन्तै समाप्त हुनेछ,’ ट्रम्पले लेखेका छन्।

अमेरिका र इरानबीच क्षेत्रीय सुरक्षा तथा आपसी सम्बन्ध सुधारका विषयमा विभिन्न चरणमा संवाद जारी रहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)

सम्बन्धित विषय