हेटौँडा उपमहानगरपालिकाको बजेट पारित
baahrakhari.com · Wed Jun 24 15:53:10 GMT 2026

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको बुधबार बसेको १९औँ नगर अधिवेशनले आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसम्मतिबाट पारित गरेको छ ।
नगर अधिवेशनमा दुई अर्ब ८५ करोड पाँच लाखको बजेट प्रस्तुत गरिएको थियो । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेशकुमार बानियाँले मंगलबार नगर अधिवेशनमा बजेट प्रस्तुत गरेका थिए । बजेटमा आन्तरिक स्रोतबाट ५७ करोड ३६ लाख ८० हजार, राजस्व बाँडफाँटतर्फ ९९ करोड २० लाख ४८ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट १० करोड एक लाख ७२ हजार तथा संघीय सरकारको तर्फबाट अनुदान एक अर्ब १८ करोड ४६ लाख प्राप्त हुने अनुमान छ ।
उपमहानगरपालिकाकी प्रमुख मीना लामाले हेटौँडा नगरको केही दुर्गम वडाको टोलमा खानेपानी, सडक, विद्युतीकरण, स्वास्थ्योपचार, पर्यटन क्षेत्रको विस्तार, उच्च शिक्षाको गुणस्तरीय अभिवृद्धि गर्ने, किशोरीलाई शिक्षा आर्जन गर्न जोड दिने र भौतिक पूर्वाधार निर्माण कार्यमा उक्त बजेटले निष्पक्षताका साथ कार्यन्वयन गर्ने बताइन् । प्रमुख लामाले आव २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । रासस
#हेटौँडा उपमहानगरपालिका
#बजेट २०८३/८४
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)