सामाजिक सञ्जालमार्फत युवतीको चरित्र हत्या गर्ने युवक पक्राउ
shilapatra.com · Wed Jun 24 16:09:00 GMT 2026

सामाजिक सञ्जालमार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–४ त्रिभुवन पार्क बस्ने रौतहट चन्द्रपुर नगरपालिका–४ घर भएका १९ वर्षीय विज्ञान शर्मा तिमल्सिना पक्राउ परेका छन् ।
पीडितको अश्लिल फोटो/भिडियो दुरुपयोग गरी सामाजिक सञ्जाल डिसकोर्ड तथा टेलिग्राममा समेत पोष्ट गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले आज उनलाई पक्राउ गरेको हो ।
उनीउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार १०, २०८३
२१:५४
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
काठमाडौँ