मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको केन्द्रीय समिति निर्वाचन साढे १० बजेदेखि हुने

ratopati.com · Wed Jun 24 16:21:23 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने केन्द्रीय समिति निर्वाचनको मतदान बुधबार राति साढे १० बजेदेखि सुरु हुने भएको छ। यसअघि १० बजेदेखि नै निर्वाचन हुने भनिएकाे थियाे ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार मतदान प्रक्रिया भोलि बिहान १० बजेसम्म सञ्चालन हुनेछ।

निर्वाचन आयोगले निर्धारित समयभित्र व्यवस्थित, पारदर्शी र निष्पक्ष रूपमा मतदान सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको जनाएको छ। आयोगले सबै प्रतिनिधिहरूलाई तोकिएको समयभित्र आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ।

मतदान स्थल, डिजिटल मतपत्र तथा निर्वाचन प्रक्रियासम्बन्धी अन्य व्यवस्थाबारे प्रतिनिधिहरूलाई छुट्टै जानकारी गराइने आयोगले जनाएको छ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने केन्द्रीय समिति निर्वाचनलाई सफल बनाउन सबै पक्षबाट सहयोगको अपेक्षा आयोगले गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)