अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
baahrakhari.com · Sat Jun 27 16:55:48 GMT 2026

काबुल । अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ । राजधानी काबुल र अरू क्षेत्रमा पनि भूकम्पको ‘बलियो’ कम्पन महसुस गरिएको स्थानीय अधिकारीले बताएका छन् ।
अफगानिस्तानका विभिन्न प्रान्तमा साथै पाकिस्तानको राजधानी इस्लामाबादमा रहेका एएफपी का पत्रकारले भूकम्पको दह्रो कम्पनले आफूहरूलाई त्रसित बनाएको बताएका छन् । यूएसजीएसले भूकम्पको केन्द्रविन्दु पूर्वोत्तर अफगानिस्तानमा २०८.३ किलोमिटरको गहिराइमा रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)