रास्वपा महाधिवेशन : १० बज्दा पनि आएन अन्तिम नामावली, रामलक्ष्मण इनोभेसनलाई बाहिर निकालियो
nepalpress.com · Wed Jun 24 16:31:43 GMT 2026

चितवन । रास्वपा महाधिवेशनअन्तर्गत राति १० बजे शुरू हुने भनिएको मतदान अझै बिलम्ब हुने भएको छ । विद्युतीय मतदान व्यवस्थापन गर्ने रामलक्ष्मण इनोभेसनका सञ्चालक रामप्रसाद रिमालका अनुसार नामावली फाइनलका लागि सहयोग गर्न खोज्दा आफूहरु बाहिरिनुपरेको बताए ।
१० बजे कटिसक्दा पनि नामावली प्राप्त नभएपछि छिटो नामावली दिनुस् भनेर आफू निर्वाचन आयोगको टोलीसँग छुट्टिएर भोटिङ मेसिन भएको ठाउँमा आएको जानकारी दिए ।
अहिले मतदानको लागि ८० वटा मेसिन तयारी अवस्थामा छन् । सबै मेसिनमा नामावली चढाइसक्न ५ घण्टासम्म लाग्नसक्छ । मेसिन सञ्चालन टीमले नामावली प्राप्त भए पहिले १०/२० वटामा नाम अपडेट गरेर मतदान थाल्ने तयारी गरेका छन् ।
तर, निर्वाचन आयोगको टोलीले भने बल्ल उम्मेदवारको क्लस्टर छुट्याउने काम गरिरहेको छ । निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले नेपाल प्रेससँग कुरा गर्दै अबको १५/२० मिनेटमा उम्मेदवारको अन्तिम नामावली टुङ्ग्याउने गरि बाम भइरहेको जानकारी दिए ।
उनले नेपाल प्रेससँग भने, हामी फाइनल नामावली प्रकाशनको तयारीमा छौँ, अबको १५/२० मिनेटमा अन्तिम नामावली आउने गरि काम भइरहेको छ । मतदान गराउने प्राविधिक टीमले भने नामावली प्राप्त भए एक घण्टामा मतदान शुरू गर्न आफूहरु तयार रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)