डिजल चोरहरूलाई आयल निगमले गर्यो कारबाही
annapurnapost.com · Wed Sep 16 15:36:58 GMT 2026

भैरहवा : नेपाल आयल निगमको पेट्रोलियम पदार्थ चोरी प्रकरणमा संलग्नहरूलाई कारबाही गरिएको छ। मंगलबार निगमको अमलेखगन्ज डिपोबाट भलवारी डिपोको लागि तीनवटा ट्यांकरमा ल्याइएको डिजल भैरहवास्थित सराफ आयल स्टोर्समा लकिङ प्रणाली बिगारेर चोरी गर्दै गरेको अवस्थामा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको टोलीले फेला परेको थियो।
निगमका अनुसार, तीन वटामध्ये पौडेल यातायात प्रालिको लु १ ख ६५०४ र बि.एन.एस.ढुवानी सेवाको लु २ ख १५४४ नम्बरको ट्यांकरबाट डिजल चोरी गरिरहेको अवस्थामा रंगेहात फेला परेको थियो भने त्रिमुर्ति ट्रान्सपोर्ट प्रालिको लु १ ख ६६१९ नम्बर ट्यांकर सराफ आयल स्टोर्समा डिजल निकालेर भागेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)