परराष्ट्रमन्त्री खनाल र विजय चौथाइवालेबीच भेटवार्ता
himalpress.com · Sat Jun 06 07:10:49 GMT 2026

काठमाडौँ- भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबिच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ।भेटवार्ताका दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ।
दुवै नेताहरूबिच राजनीतिक दलहरू तहको सम्बन्ध र अन्तर्क्रियालाई अझ गहिरो बनाउने तथा नेपाल र भारतका नागरिक बीच रहेको जनस्तरको सम्बन्धलाई झन् बलियो बनाउने विषयमा कुराकानी भएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)