उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री
nepalnews.com · Wed Sep 16 15:47:21 GMT 2026

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको जनाएको छ।
विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै चिनीको सहज र पर्याप्त आपूर्ति भइरहेको जनाएको हो। साथै, चिनीको अभाव हुने आशंकामा अनावश्यक रूपमा बढी परिमाणमा सञ्चय नगर्न विभागले आम उपभोक्तालाई आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)