दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद
ratopati.com · Sun May 31 21:08:43 GMT 2026

बागलुङ । गलकोट नगर अस्पतालको सुविधा सम्पन्न भवन निर्माणका लागि आवश्यक जग्गा खरिदका लागि रु दुई करोड ७९ लाख रकम स्थानीयस्तरबाटै जुटाइएको छ ।
अस्पतालको जग्गा व्यवस्थापन, खरिद तथा स्वास्थ्य उपकरण खरिदका लागि सञ्चालन गरिएको सहयोग अभियानबाट उक्त रकम सङ्कलन गरिएको हो । गलकोट नगरपालिका आर्थिक तथा जग्गा व्यवस्थापन समितिका कोषाध्यक्ष टङ्कबहादुर केसीका अनुसार अभियानमार्फत हालसम्म रु दुई करोड ७९ लाख ६२ हजार सङ्कलन गरिएको हो । रकममध्ये दुई करोडबाट अस्पतालको जग्गा खरिदमा खर्च गरिएको छ भने रु १९ लाख १० हजारबराबरको एक्स–रे मेसिन खरिद गरिएको छ । समितिका अनुसार हालसम्म रु दुई करोड २१ लाख ७५ हजार खर्च भइसकेको छ भने रु ७२ लाख ८७ हजार बैंक मौज्दात छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)