जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग
rajdhanidaily.com · Wed Sep 16 15:52:13 GMT 2026

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको संकल्प र जलवायु न्याायको साझा प्रतिबद्धता, स्थानीय तहको जिम्मेवारीः जलवायु न्यायका लागि साझेदारी’ मूल नारासहित आज मुस्ताङको घरपझोङ गाउँपालिकाले घरपझोङ जलवायु परिवर्तनसम्बन्धी ‘घरपझोङ घोषणापत्र’ जारी गरेको छ ।
घरपझोङ गाउँपालिका कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहनसिंह लालचनले जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणापत्र–२०८३ जारी गरेका हुन् । मंगलबारदेखि सुरु भएको दुईदिने घरपझोङ जलवायु परिवर्तन सम्मेलन आज समापन भएपछि गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै ४९ बुँदे जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा जलवायु न्यायको मागलाई मूल मुद्दाको रुपमा अघि सारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)