अमेरिकाको शिकागोमा गोलाबारी : एकको मृत्यु, तीन जना घाइते
farakdhar.com · Sun Jun 26 00:50:31 GMT 2022
अमेरिकाको शिकागोको एक गोदाममा गोलाबारी हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बोलिङब्रुक प्रहरी विभागले जनाएको छ । संदिग्ध आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रमणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)