विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
ratopati.com · Wed Jun 24 16:49:44 GMT 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभाग मानसिक स्वास्थ्य, शिष्टाचार र नैतिक शिक्षासम्बन्धी विषयवस्तु विद्यालय स्तरको पाठ्यक्रममा समावेश गर्न आग्रह गर्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेललाई ज्ञापन पत्र बुझाइएको छ ।
त्रिवि मनोविज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख सन्जेश श्रेष्ठ र शाखा अधिकृत नोदनाथ त्रितालले सो ध्यानाकर्षण पत्र महानिर्देशक पौडेललाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा पाठ्यक्रम विकास केन्द्रमा कार्यरत निर्देशकहरू विजयराज बढू र कमलप्रसाद मिश्र तथा सूचना अधिकारी पुरुषोत्तम घिमिरेको उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)