गाडी पुरिँदा चालकको मृत्यु
gorkhapatraonline.com · Wed Jun 24 16:48:18 GMT 2026

बुधबार बेलुका बेनी जोमसोम सडक खण्डको अन्नपुर्ण गाउँपालिका ६ महभिर नजिक पहिरोमा गाडी पुरिँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी इन्सपेक्टर सागर तिमिल्सिनाका अनुसार चालक विरगञ्ज महानगर २१ का सोहील मियाँको मृत्यु भएको हो ।
मुस्ताङको कोरलाबाट आएको नयाँ इभी चालक मात्र रहेको र पहिरोमा पुरिएर गम्भीर अवस्थामा चालकको उद्धारगरी प्रदेश अस्पताल बेनीमा उपचारका लागि ल्याएको थियो ।
अस्पतालमा ल्याइपुर्याउँदा डाक्टरले चालकलाइ मृत घोषित गरेको इन्सपेक्टर तिमिल्सिनाले जानकारी दिनुभयो । मृत्यु हुने चालक विरगञ्ज महानगर २१ का सोहील मियाँ रहेको खुलेको र अन्य विवरण नखुलेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)