बारामा ‘हाम्रो सुरक्षा योजना’ स्वीकृत
annapurnapost.com · Wed Sep 16 15:57:42 GMT 2026

सिमरा : चाडपर्वलाई लक्षित गरेर बारामा ‘हाम्रो सुरक्षा योजना २०८३’ स्वीकृत गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले चाडपर्वमा हुनसक्ने सम्भावित समस्याहरूको पहिचान गरी तत्काल समाधान गर्न हाम्रो सुरक्षा योजना अघि सारेको हो।
गृह मन्त्रालयको निर्णयअनुसार हालै सरुवा भएर बारा आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खडानन्द अधिकारीले जिल्ला सुरक्षा समितिको बैठक राखेर उक्त योजना प्रस्ताव गरी स्वीकृत गरेका हुन्। चाडपर्वको समयमा हुनसक्ने अवाञ्छित क्रियाकलाप, कालोबजारी, चोरी, लुटपाट, सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि नियन्त्रणका लागि काम गर्न सुरक्षा योजनाले सहज हुने प्रजिअ अधिकारीको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)