फेवातालमा डुबेका युवकको मृत्यु
nepalnews.com · Wed Jun 24 16:57:02 GMT 2026

कास्की। फेवातालमा डुबेर बेपत्ता भएका एक युवकको उद्धारपछि उपचारका क्रममा मृत्यु भएको छ।
फेवातालमा डुबेर बेपत्ता भएका पोखरा महानगरपालिका ९‚ नयाँबजारका ३४ वर्षीय शंकर नेपालीलाई सशस्त्र प्रहरीको गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरेको थियो।
बुधबार बेलुका माछा मार्ने क्रममा तालमा डुबेर बेपत्ता भएका नेपालीको खोजीमा सशस्त्र प्रहरी बल नेपाल फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र केसीको कमान्डमा गोताखोरसहितको टोली खटिएको थियो। उक्त टोलीले उनलाई तालको करिब २० फिट गहिराइबाट अचेत अवस्थामा फेला पारी उद्धार गरेको थियो।
उद्धारपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि साँझ करिब ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)