मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डिस्कोर्ड र टेलिग्राममार्फत महिलाको चरित्रहत्या, १९ वर्षीय युवक पक्राउ

ictsamachar.com

काठमाडौं । सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका ४ त्रिभुवन पार्क बस्ने रौतहट चन्द्रपुर नगरपालिका ४ घर भएका १९ वर्षीय विज्ञान शर्मा तिमलसिनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पीडित महिलाको अश्लिल तस्विररभिडियो दुरूपयोग गरी सामाजिक सञ्जाल डिसकोर्ड तथा टेलिग्राममा समेत पोष्ट गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)

सम्बन्धित विषय