मध्यराति १ बजे निर्माता र निर्देशकसहित दर्शकमाझ पुगे पल शाह
kalakarmi.com · Wed May 29 00:03:21 UTC 2024

काठमाडौं– प्रदर्शनको छैटौँ दिन मंगलवार फिल्म ‘पुजार सार्की’ को अन्तिम शो मध्यरात १ बजे सकियो । काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा हाउस फुल दर्शकका साथ करिब साढे १० बजे उक्त शो प्रारम्भ भएको थियो ।
उक्त शो सकिने समयमा फिल्मका अभिनेता पल शाह, निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल तथा नेपाल वितरक रोहित कट्टेल दर्शक भेट्न हल पुगे । मध्यरातमा पनि आफ्नो प्रिय कलाकार आफ्नो सामुन्ने देखेपछि दर्शकको खुसीको सीमा नै रहेन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)