मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसभित्र टिकट वितरण संघर्ष उत्कर्षमा

ekantipur.com · Sat Oct 01 00:40:56 GMT 2022

काठमाडौँ — सरकारको नेतृत्व लिइरहेको नेपाली कांग्रेसमा उम्मेदवार चयनसम्बन्धी विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले महाधिवेशनका सहयोगी नेता–कार्यकर्तालाई मात्रै टिकट वितरण गर्न खोजेको भन्दै शेखर कोइराला नेतृत्वको समूहले विरोध गरेको छ । कोइराला समूहले पार्टीभित्र सबै नेता–कार्यकर्तालाई योगदानमा आधारित भएर समान अवसर र न्यायपूर्ण व्यवहार गर्न माग गर्दै विरोध र धर्नाका गतिविधि गर्न थालेपछि कांग्रेसमा अन्तरद्वन्द्व चुलिएको हो ।

कोइराला समूहले समानुपातिकतर्फको सूची सच्याउनुपर्नेदेखि प्रत्यक्षतर्फको टिकट वितरण न्यायोचित हुनुपर्नेसम्मका माग राखेको छ । दुई सातायता दिनहुँजसो गुटगत बैठक, छलफल र विरोधसभा गरिरहेका नेता–कार्यकर्ताले बुधबार केन्द्रीय कार्यालयमै पुगेर धर्ना दिएका थिए भने बिहीबार चियापानको सन्दर्भमा आयोजित भेलाबाट संस्थापन पक्षप्रति आक्रोश पोखेका थिए । कोइराला समूहका नेता–कार्यकर्ताले निरन्तर संघर्ष जारी राखेपछि सभापति देउवाले निर्वाचन आयोगमा बुझाइसकेको समानुपातिक उम्मेदवारको सूची सच्याउने बचन दिएका छन् । तर, त्यसबारे छलफल गर्न बिहीबार र शुक्रबार निरन्तर बैठक बसे पनि सहमति भएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)