मनास्लु आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति
lokaantar.com
शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको छ । यस याममा आरोहणको अनुमति लिएका विभिन्न देशका ४६६ आरोहीले मंगलबारदेखि आधार शिविरबाट आरोहण सुरु गरेका हुन् ।
३९ समूहमा रहेका आरोहीमध्ये ३४२ पुरुष र १२४ महिला छन् । आधार शिविरमा लामा गुरुले पूजा गरेपछि आरोहण सुरु गरिएको आरोहीका सहयोगी विसबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार आरोहीले अबको एकदेखि तीन साताभित्र आरोहण पूरा गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)