१८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट : १२ खर्ब ६० अर्ब राजस्व, साढे ५ खर्ब ऋण
Ujyaaloonline.com · Wed May 29 00:06:52 UTC 2024

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आज संयुक्त सदनको बैठकमा आउँदो वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गर्नुभएको हो । चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६१ दशमलव ३१ प्रतिशत बजेट विनियोजन भएको छ । पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यो चालू वर्षको भन्दा २१ प्रतिशतले धेरै हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)