विश्वकर्मा पूजामा डिजे, माइक तथा साउन्ड सिस्टम बजाउन रोक
annapurnapost.com · Wed Sep 16 16:12:29 GMT 2026

झापा : जिल्ला प्रशासन कार्यालय झापाले विश्वकर्मा पूजाको अवसरमा शान्ति सुरक्षा तथा जनस्वास्थ्यमा असर पर्ने कुनैपनि गतिविधि नगर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बुधवार सूचना जारी गर्दै विश्वकर्मा पूजालाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासीसमक्ष आग्रह गरेका हुन्।
भोलि असोज १ गते मनाइने विश्वकर्मा पूजामा विगतका बर्सहरूमा उच्च आवाजमा डिजे, माइक तथा साउन्ड सिस्टम बजाउने, पटका तथा आतिशबाजी गर्ने र सार्वजनिक स्थानमा उच्छृङ्खल गतिविधि हुने गरेको भन्दै प्रशासनले वातावरण र जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी त्यस्ता कार्य नगर्न आग्रह गरेको जारी गरेको सूचनामा उल्लेख छ। त्यस्तो कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)