एपस्टीन प्रकरण : कार्यवाहक महान्यायाधिवक्ता ब्लाञ्चले मागे माफी
nepalviews.com · Thu Jul 16 03:03:12 GMT 2026

एजेन्सी । अमेरिकी न्याय विभागको नेतृत्वका लागि स्थायी नियुक्तिको प्रक्रियामा रहेका कार्यवाहक महान्यायाधिवक्ता टड ब्लाञ्चले एपस्टीन फाइलहरू सार्वजनिक गर्दा भएका त्रुटिहरूका लागि माफी मागेका छन्। सिनेटको न्यायिक समितिमा उपस्थित ब्लाञ्चलाई एपस्टीनको अनुसन्धानसँग सम्बन्धित लाखौँ फाइलहरू सार्वजनिक गर्दा अपनाइएको सुस्त प्रक्रिया र तिनमा गरिएको विवादास्पद सम्पादनका कारण आलोचनाको सामना गर्नुपरेको थियो।
क्यापिटल हिलमा आयोजित सुनुवाइमा ब्लाञ्चले ६० लाख पृष्ठका फाइलहरू छोटो समयमा व्यवस्थापन गर्ने कार्य निकै चुनौतीपूर्ण रहेको बताए । उनले केही सम्पादनमा गल्ती भएको स्वीकार गरे। उनले डेमोक्रेटिक सिनेटर रिचार्ड ब्लुमेन्थलको प्रश्नमा पीडितहरूसँग माफी माग्दै ती गल्तीहरू हुन नहुने थियो भनी स्वीकारे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)