मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीमा पहिरोले गाडी पुरिँदा चालकको मृत्यु

ratopati.com · Wed Jun 24 17:26:47 GMT 2026

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा ईभी गाडी पुरिएर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका–२१ बस्ने २३ वर्षीय सोहेल मिया रहेका छन् । बुधबार राति करिब ८ बजे ढुङ्गा–माटोसहितको पहिरो खस्दा नम्बर नखुलेको ईभी गाडी पुरिएको थियो ।

घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दी र सशस्त्र प्रहरी बलको गुल्म म्याग्दीबाट खटिएको संयुक्त टोलीले उद्धार कार्य सुरु गरेको थियो । उद्धार टोलीले गाडीभित्र च्यापिएका मियालाई निकालेर उपचारका लागि बेनीस्थित प्रदेश अस्पताल पुर्‍याएको थियो ।

उनलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड हाल पूर्ण रूपमा अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)