गाजामा भवन भत्किँदा कम्तीमा १९ जनाको मृत्यु
ratopati.com · Wed Sep 16 16:41:35 GMT 2026

गाजा । गाजा सहरमा विस्थापित प्यालेस्टाइनी परिवार बसिरहेको क्षतिग्रस्त भवन भत्किँदा बुधबार कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्। यसैबिच, साउदी अरबले पवित्र सहर मक्कातर्फ अघि बढिरहेको एउटा ड्रोनलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले खसालेको जनाएको छ।
गाजा सहरमा विस्थापित करिब ६ परिवार बसोबास गरिरहेको भवन भत्किँदा १९ जनाको मृत्यु भएको गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जाहेर अल–वाहिदीले बताएका छन् । मृतकमध्ये कम्तीमा आठ बालबालिका र पाँच महिला छन्। भग्नावशेषमा पुरिएकाको खोजी तथा उद्धारकार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)