सिद्धार्थनगरका पूर्वनगर उपप्रमुख रतन गुप्ताको निधन
baahrakhari.com · Wed Feb 04 16:56:08 GMT 2026

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका पूर्वनगर उपप्रमुख रतनकुमार गुप्ताको निधन भएको छ । सिद्धार्थनगर नगरपालिका–३ निवासी गुप्ताको बुधबार बेलुकी ८ बजे ७६ वर्षको उमेरमा निधन भएको हो ।
रतनका छोरा अजयकुमारका अनुसार, तिलोत्तमा नगरपालिका–५, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा गुप्ताको निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि दुई साताअघि अस्पताल पुर्याइएको थियो । उनको विगत चार वर्षअघिदेखि उपचार भइरहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)