मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगञ्जमा चर्को गर्मी, विद्यालयमा चार दिन बिदा

onlinekhabar.com · Wed Jun 24 17:43:28 GMT 2026

१० असार, वीरगञ्ज (पर्सा) । वीरगञ्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगञ्ज महानगरपालिकाले बुधबार सूचना जारी गरेर बढ्दो गर्मी र अत्यधिक तापक्रम (लु) लाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा घोषणा गरेको हो ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै असार ११ गतेदेखि चार दिन वर्षे बिदाबाट कट्टा हुने गरी महानगरअन्तर्गतका बाल विकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने व्यहोरा निर्देशानुसार सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

पछिल्लो दिनमा तराई–मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ्दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ । –रासस

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)