मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको कञ्चनपुर जिल्ला अध्यक्षमा मेयर विष्ट प्यानलसहित निर्वाचित

onlinekhabar.com · Wed Jan 12 15:56:57 GMT 2022

२८ पुस,धनगढी । नेकपा एमालेको कञ्चनपुर जिल्ला अध्यक्षमा सुरेन्द्र बिष्ट प्यानलसहित निर्वाचित भएका छन् । निर्वतमान अध्यक्ष समेत रहेका एकता प्रक्रियाबाट आएका वीरबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

विष्ट कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयरसमेत हुन् । कुल ४७० मत खसेकाेमा बिष्टले २८१ र थापाले १८३ मत पाएकाे निर्वाचन समितिले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)