अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै
nepalnews.com · Wed Sep 16 17:09:48 GMT 2026

काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँको भारत भ्रमण स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।
उनी बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ । भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)