ग्लोबल हब बन्ने लक्ष्यका साथ भारतले सार्वजनिक गर्यो सिक्सजीको नयाँ रोडम्याप, नेपाल फोरजीमै
techpana.com · Wed Feb 04 17:13:10 GMT 2026

काठमाडौँ । भारत सरकारले सिक्सजी प्रविधिको विश्वव्यापी केन्द्र बन्ने उद्देश्यका साथ एक विस्तृत स्पेक्ट्रम रोडम्याप सार्वजनिक गरेको छ । भारतको दूरसञ्चार विभागले सन् २०२५ को अन्त्यमा यो योजना ल्याउँदै सन् २०३० को दशकमा भित्रिने सिक्सजी युगका लागि आधार तयार गरेको हो ।
यस मार्गचित्रले भारतको विगत दुई दशकको सफलतालाई निरन्तरता दिँदै आगामी प्रविधिमा अग्रणी भूमिका खेल्ने लक्ष्य राखेको छ । भारतले सिक्सजी सेवाका लागि आवश्यक पर्ने रेडियो स्पेक्ट्रमको पहुँचलाई व्यवस्थित बनाउन विभिन्न चरणहरू निर्धारण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)