रविको भारत भ्रमणबारे विजेपीको विज्ञप्ति, मोदीसँगको भेटबारे मौन, टोलीमा विश्वासपात्र मात्र सहभागी
barnanmedia.com · Sun May 31 22:26:58 GMT 2026

भारतको सत्ताधारी दल भारतीय जनता पार्टीले नेपालको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक विवरण सार्वजनिक गरेको छ। विजेपीको विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले विज्ञप्ति मार्फत भाजपा अध्यक्ष नितिन नबिनको निमन्त्रणामा सोमबारबाट रवि भारतको भ्रमणमा आउन लागेको उल्लेख गरेका छन्।
विज्ञप्ति अनुसार भ्रमणका क्रममा प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा भाजपाका राष्ट्रिय अध्यक्ष नवीन र पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटघाट गर्ने उल्लेख गरिएको छ। अन्य वरिष्ठ नेताहरू को को हुन् भन्ने खुलाइएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)