मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभापति लामिछानेको भारत भ्रमणबारे औपचारिक घोषणा

barnanmedia.com · Sun May 31 22:38:58 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक घोषणा गरेको छ। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नबिनको निमन्त्रणामा सभापति लामिछाने सोमबारदेखि देखि जुन ५ तारिखसम्म भारतको भ्रमणमा जान लागेको रास्वपाले घोषणा गरेको हो ।

रास्वपा प्रवक्ता मनिष झाद्वारा आइतबार राति अबेर जारी प्रेस विज्ञप्तिमा पाँच दिने भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ताहरू गर्ने उल्लेख छ। भ्रमणको मुख्य आकर्षण भाजपाको शीर्ष नेतृत्वसँगको छलफल रहने उनको भनाइ छ । राजनीतिक भेटघाटका अतिरिक्त लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)