साहित्यमा ‘आफू विरुद्ध आफैं’अभियान सुरु
nepalpress.com · Sun Aug 18 17:00:50 UTC 2024

काठमाडौं । साहित्यमा निरन्तर क्रियाशील स्रष्टाहरुले ‘आफू विरुद्ध आफैं’अभियान सुरु गरेका छन् । साहित्यिक क्षेत्रमा क्रियाशील स्रष्टाहरूले राजधानीमा एक कार्यक्रमबिच यो अभियानको सुरुवात गरेका हुन् । यो अभियानले तीन वटा उद्देश्य तय गरेको छ ।
समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्यबारे विमर्श गर्ने ,लेखनको विषय वस्तु र शिल्प विन्यासमा नवीनताको खोजी गर्ने तथा आफ्नै लेखनको सीमा र शक्तिबारे आत्म समीक्षा गर्ने गरी अभियान सुरु भएको हो । साहित्यकारहरु प्रशंशाको भोका हुन्छन भन्ने मान्यतालाई चिर्दै यो अभियान अघि बढ्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)